यस वेबसाइटको माध्यमबाट हामी १९ बर्षीय नेपाली-रसियन मूलका बुद्धिचाल खेलाडी अन्तराष्ट्रिय ग्रान्डमास्टर अनिशको सामान्य पृष्ठभूमिका साथसाथै उनको बारेमा विभिन्न तथ्य एवं संक्षिप्त समाचार हरु नियमित रुपमा तपाईहरुको समक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछौ।

नेपाली पाठकहरुका लागि अंग्रेजी भाषानै प्रायौगिक हुने भएकोले साथै चेस सम्बन्धि शब्दावलीहरु अंग्रेजीमा नै बढी उपयोगी हुने भएकोले बिशेषगरि उसको क्रियाकलाप बारे बिस्तृत समाचार र सामग्रीहरु अंग्रेजी होमपेजमा पाउन सकिनेछ।

अनिशले आफूपनि बिशेषगरि अंग्रेजी साइटको माध्यमबाट बेलाबेलामा आफ्नो साथसाथै अरुको पनि रोमान्चक खेलहरुको विश्लेषण गर्ने र चेस संग सम्बद्धित आफ्ना क्रियाकलापहरुका बारेमा बेलाबेलामा लेखहरु प्रस्तुत गर्नेछ।

यसबाहेक यस वेबसाइट मार्फत हामी अनिशसंग सम्बन्धित विभिन्न गतिबिधि र रोमान्च घटनाहरुका बारेमा औडियो तथा भीडियो सामग्रिहरुपनि नियमित रुपमा पस्कदै जानेछौ।

हाम्रो लक्ष्य यस वेबसाइटको माध्यमबाट अनिशलाई नेपालीहरुको नजिक लैजानु हो र उसको बारेमा उसका नेपाली शुभचिन्तकहरु समक्ष जानकारी गराउनु हो। अनिशको नेपाली साइट छ भन्ने तथ्यले मात्रपनि उसले नेपालीहरु माझ एउटा अफ्नोपना र सहानुभूति पाउनेछ भन्ने हामीलाई आशा छ।

यस बाहेक बिशेषगरि चेस खेलसंग सम्बन्धित क्षेत्रमा अनिशबाट हुनसक्ने कुनैपनि किसिमका सहयोगहरुका लागि विचारहरुको आदानप्रदान गर्नपनि यो वेबसाइट एउटा माध्यम बन्नेछ भन्ने हामीलाई आशाछ । अन्तमा तपाईहरुको नियमित टिप्पणी र सुझावका साथसाथै सहयोगको पनि अपेक्षा राख्दछौ र सोका लागि अग्रिम आभार ब्यक्त गर्दछौं।