अनिश गिरीको नेपाली वेबसाइटमा स्वागत छ।

यस वेबसाइटको माध्यमबाट हामी १९ बर्षीय नेपाली-रसियन मूलका बुद्धिचाल खेलाडी अन्तराष्ट्रिय ग्रान्डमास्टर अनिशको सामान्य पृष्ठभूमिका साथसाथै उनको बारेमा विभिन्न तथ्य एवं संक्षिप्त समाचार हरु नियमित रुपमा तपाईहरुको समक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछौ। नेपाली पाठकहरुका लागि अंग्रेजी भाषानै प्रायोगिक हुने भएकोले...


अनिश द्वारा नेपालकोलागि च्यारिटी चेस सिमुल

हालै अनिशले नेपालमा विभिन्न समाजसेवामा संग्लग्न डच संस्था रेनुका नेपाल ले आयोजना गरेको च्यारिटी कार्यक्रममा भाग लिएका थिए।
सो च्यारिटी नेपाल स्थित मगर जनजातीहरुको बसोबास भएको गाउँ (यांचोक) मा खानेपानी एवं सिचाई सुबिधा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले आयोजना गरिएको थियो जसमा अनिशले करिब २० जना जति प्रतिस्पर्धीहरुसंग एक्लै र एकैचोटी भिडेका थिए। अनिशले सबैलाई हराउन सफल भएका थिए।

यांचोक परियोजनाको बारेमा जानकारी दिदैं रेनुका नेपालका अध्यक्ष
सो कार्यक्रमकालागि नेपालमा बनाइएका चेसबोर्डहरु भित्र्याइएका थिए (जसमा यांचोकका निवासीहरुको पनि सहभागिता थियो)। हरेक सहभागी हरुको सहयोगको सराहना गर्दै सो चेसबोर्डहरु अनिशको हस्ताक्षर सहित सबैलाई उपहार स्वरूप प्रदान गरिएको थियो। सो क्रियाकलापबाट लगभग १४०० युरो (लगभग १ लाख चालिस हजार नेपाली रुपैया) संकलन गरिएको थियो।

यांचोकमा संचालन हुने सिचाई परियोजना सम्बन्धि संक्षिप्त जानकारीका लागि यहाँ थिच्नुहोस्

सो कार्यक्रमका केहि तस्वीरहरु यहाँ हेर्नसक्नुहुनेछ



राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डस द्वारा अनिशलाइ बधाई तथा प्रमाणपत्र

राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डस द्वारा एम्स्टरडम् मा आयोजना गरिएको युरोप स्तरीय नृत्य प्रतियोगिताको अवसरमा अनिशलाई उसको पछिल्ला उपलब्धि (ग्राण्डमास्टर उपाधि) हरुका लागि बधाई प्रमाणपत्र प्रदान गरिएको थियो । अनिशले बिदेशी संघसंस्थाहरु बाट (बिशेष गरि डच संस्थाहरुबाट) बेलाबेलामा यस्ता प्रोत्साहनहरु पाईरहने भएपनि नेपाली संस्थाबाट पाएको यो पहिलोपटक हो।
सो कार्यक्रममा युरोपमा रहेका प्रवासी नेपालीहरुका प्रतिभाशाली हुर्कदो पिढीले नृत्यकलामा आफ्ना हुनरहरु प्रस्तुत गरेका थिए।

अनिशलाई प्राप्त भएको प्रमाणपत्र
सो कार्यक्रमका बारे हामीलाई प्राप्त भएको प्रेस बिज्ञप्ति
सो कार्यक्रमका केहि झलकहरु यहाँ हेर्नसक्नुहुनेछ


''मस्को चेस क्लब ६४''

रसियन टिम च्याम्पियनशिप २०११

''मस्को चेस क्लब ६४'' रसियन च्याम्पियन!

यस बर्ष अप्रिलमा रसियामा भएको १८औं रसियन टिम च्याम्पियनशिपमा अनिशले ''मस्को चेस क्लब ६४'' लाई प्रतिनिधित्व गर्ने अवसर पाएका थिए रसियामा हरेक बर्ष योजना गरिने यो च्याम्पियनशिप विश्वको सबै भन्दा शक्तिशाली टिम च्याम्पियनशिप मानिन्छ, जसमा रसियाका प्रसिद्ध खेलाडीहरुका साथै अन्य देशहरु बाट निम्त्याईएका खेलाडीहरुको सहभागिता रहन्छ। हरेक टिममा ६ जना खेलाडीहरुको सहभागिता हुन्छ।

यसपालीको सो च्याम्पियनशिपमा रसियाभरिका १२ वटा शक्तिशाली टिमहरुले भाग लिएका थिए। ११ राउण्डको कडा प्रतिस्पर्धामा अनिशले खेलेको ''मस्को चेस क्लब ६४'' रसियन च्याम्पियन हुन सफल भयो। यस च्याम्पियनशिपको संक्षिप्त विवरण र फोटोहरु अंग्रेजी साइटमा हेर्न सकिन्छ।

चेसबेस साइटको अंग्रेजी रिपोर्ट यहाँ हेर्न सकिन्छ

चेसभाईब्स साइटको अंग्रेजी रिपोर्ट यहाँ हेर्न सकिन्छ



अनिशको लेख

अनिश आफ्ना आगामी टुर्नामेन्टहरुका बारेमा

अनिशले आफ्ना आगामी टुर्नामेन्टहरुका बारेमा लेखेका संक्षिप्त लेख अंग्रेजी साइटमा पढ्न सकिन्छ। कृपया यहाँ थिच्नुस

डच पप गायक निक स्खिलडेर र अनिश (चेस र संगीत)



अनिशको लेख र खेल विश्लेषण
अम्बर टुर्नामेन्टको बारेमा अनिशको लेख र खेल विश्लेषण

यस बर्षको मार्च महिनामा मोनाकोमा अन्तिम अम्बर टुर्नामेन्टको आयोजना गरिएको थियो। अम्बर टुर्नामेन्ट लाई सबैभन्दा भब्य र गैरपरम्परागत चेस टुर्नामेन्ट मानिन्छ जसको कारण उच्चस्तरीय सुबिधा र पुरस्कारका साथै क्लासिकल चेस नभई रयापीड र ब्लाईइन्ड़ चेस खेलाईन्छ।

यसपालीको टुर्नामेन्टमा विश्व बरियता क्रमका पहिलो १० स्थान मा पर्ने लगभग सबै खेलाडीहरुको सहभागिता रहेको थियो र अनिशले पनि यस प्रतियोगितामा भाग लिने सुवर्ण अवसर पाएका थिए (यस प्रतियोगितामा बिशेष निमंत्रणा पाउने चेस खेलाडीहरुले मात्र भाग लिन पाउँछन)। अनिशको लागि ब्लाईइन्ड़ चेस खेल्ने यो पहिलो अनुभव थियो र उसको प्रदर्शन त्यति उत्साहजनक नभएपनि संतोषजनक थियो।

सो टुर्नामेन्टका बारेमा अनिशले संगालेको आफ्नो अनुभव र खेल विश्लेषणका अंग्रेजी साइटमा राखिएकोछ। नेपाली साइटको फोटो/भिडियो ग्यालेरीमा पनि केहि सामग्री हेर्न सकिन्छ। अंग्रेजी साइटका लागि कृपया यहाँ थिच्नुस

अम्बर टुर्नामेन्टको बारेमा अनिशसंगको कुराकानी (सौजन्य: Chessvibes)
अम्बर फोटो ग्यालेरी (फ्रेड लुकसको क्यामेरा बाट)
अम्बर फोटो ग्यालेरी (विभिन्न)


अनिशको लेख र खेल विश्लेषण
टाटा टुर्नामेन्ट २०११ को बारेमा अनिशको लेख र खेल विश्लेषण

यस बर्षको जनवरी महिनामा अनिशले आफ्नो जीवनको सबैभन्दा कडा प्रतिस्पर्धामा भाग लिएका थिए। सो प्रतियोगिता यस बर्ष देखि टाटा चेस टुर्नामेन्टको नामले आयोजना गरिएको थियो, जुन पहिले कोरुस चेस टुर्नामेन्टको नामले प्रसिद्ध थियो। सो चेस टुर्नामेन्ट हरेक बर्ष होल्याण्डमा आयोजना गरिन्छ र सबैभन्दा ठुला चेस महोत्सवहरु मध्ये एक मानिन्छ। अनिशले २०१० मा यस प्रतियोगिताको ग्रुप बि मा पहिलो स्थान प्राप्त गरेर यसपालीको ग्रुप ए मा खेल्ने अवसर पाएका थिए।

यस प्रतियोगितामा अनिशले विश्वका सबैभन्दा उत्कृष्ट खेलाडीहरुसंग प्रतिस्पर्धा गर्नु परेको थिय , जसमध्ये विश्व विजेता विश्वनाथन आनन्द (विश्व रेटिंग न २), विश्व रेटिंग न १ माग्नुस कार्ल्सन, विश्व रेटिंग न ३ लेवोन अरनायन, पूर्व विश्व विजेता (विश्व रेटिंग न ४) भ्लादिमिर क्राम्निक जस्ता खेलाडी हरु को सहभागिता थियो।

पहिलो पटक यति उच्चस्तरको टुर्नामेन्टमा भाग लिएका अनिश को प्रदर्शन निकै उत्साहजनक रह्यो। बिशेष गरि अनिशको विश्व रेटिंग न १ माग्नुस कार्ल्सन माथिको विजय र विश्व विजेता आनन्द संगको राम्रो खेल (जुन बराबरीमा टुंगिएको थियो) ले निकै प्रसंशा र लोकप्रियता पाए। सो टुर्नामेन्टको बिस्तृत विवरण र अनिश को लेख र विश्लेषणअंग्रेजीमा पढ्न सक्नुहुन्छ। कृपया यहाँ थिच्नुहोस


अनिशसंग सम्बन्धित संक्षिप्त समाचार र सामग्रीहरु हामी यहाँ राख्दैजाने छौं। बिस्तृत समाचार र सामाग्रीहरु अंग्रेजी साइटमापनि हेर्न सकिन्छ। कृपया यहाँ थिच्नुस